भर्खरै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका बेला अभिनेत्री एवं नेत्री रेखा थापा पनि महामन्त्री पदमा उम्मेदवार बनिन्। हाल अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको समूहबाट उम्मेदवारी दिएकी उनी चुनावका बेला अध्यक्षका अर्का उम्मेदवार कमल थापाविरुद्ध निकै आक्रामक रूपमा लागी परिन ।
उसो त एकअर्काविरुद्ध आरोप–प्रत्यारोपको सुरुवात कमल थापाले नै गरे सायद। किनकि काठमाडौंको भृकृटीमण्डपमा राप्रपा महाधिवेशनको बन्दसत्र चलिरहेका बेला गत शुक्रबार कमल थापाले रेखा थापाले आफू गणतन्त्रवादी हुँ भनेर बोलिरहेको एउटा भिडिओ क्लिप सेयर गर्दै खिसीटिउरी गरे।
त्यस पछि कमल थापा र रेखा थापा बिचमा दोहोरो झटारो हानाहानको स्थिती सृजना भयो । कमल थापालाई ईकिंत गर्दै रेखाले त्यसको भोली पल्ट कमल थापाले एमसीसी पास हुनुपर्छ भनेर बोलिरहेको अन्तर्वार्ताको भिडिओ क्लिप सेयर गर्दै उनलाई कसरी राष्ट्रवादी नेता मान्न सकिन्छ भन्ने प्रश्न तेर्स्याइन्।
–एकअर्काका भिडिओ क्लिप सेयर गर्दै कमल थापा र रेखा थापाबीच यस्तो जुहारी चल्यो,
रेखा थापा यत्तिमै चुप लागिनन्। उनले शनिबार राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकै स्थलमा कमल थापाको कडा आलोचना गरिन्।
सामाजिक सञ्जालपछि चुनावी मैदानमा समेत रेखा थापाले गरिन् कमल थापाको कडा आलोचना
उनको प्रस्तुति हेर्दा यस्तो लाग्थ्यो– उनले महामन्त्री पदमा जित्ने निश्चित छ।
अन्ततः आफूपक्षीय अध्यक्ष राजेन्द्र लिङ्देनले त कमल थापालाई हराउँदै जिते तर रेखा थापा स्वयं भने कमल थापा समूहकी कुन्ती शाहीसँग हारिन्।
त्यस पश्चात रेखाले आफ्नो सामाजीक संजालमा आव बिहानै लेखेकी छिन कि ‘आफैंले आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो।’