पैसा नभएको बैंक खाताको तीन करोड चार लाख रुपैयाँको चेक दिने सन्दीपकुमार पक्राउ

मंसिर २२: आफ्नो बैंक खातामा पैसा नहुँदा पनि ठुलो रकमको चेक दिएर ठगी गर्ने एकजना प्रकाउ परेका छन।

जग्गा प्लानिङ गर्न भन्दै तीन करोड चार लाख रुपैयाँको चेक दिएर ठगी गरेको आरोपमा काठमाण्डौबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

जग्गा पलटिङ तथा अन्य विभिन्न प्रयोजनको लागि भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको तर खातामा पैसा नभएको चेक दिने लमजुङ घर भएका सन्दीपकुमार गुरुङलाई प्रहरीले आज बिहान टोखाबाट पक्राउ गरेको हो ।

आफूलाई बेलायती सेनाबाट अवकाश पाएको व्यक्ति भएको तथा महाराजगञ्जमा ब्युटी पार्लर रहेको धनाध्य ब्यक्ति भएको बताउदै अब जग्गा प्लानिङ गर्ने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए ।

तर आफ्नो बैंक खातामा पैसा नभए पनि तीन करोड ४ लाख रुपैयाँको चेक दिएर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सन्दीप गुरुङले अरु व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।