भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना, अवस्था अज्ञात

मंसिर २२ :   भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्दुरमा दुर्घटनाग्रस्त भएको हो ।

सेनापति रावतसहितका सवार रहेको हेलिकप्टर दुर्घटनापछि उनको अवस्था अज्ञात छ ।

अहिलेसम्म तीन जवानको उद्धार गरिएको समाचारमा जनाइएको छ ।

मौसममा आएको खराबीका कारण दुर्घटना भएको बताइएको छ तर दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन ।

अहिले उद्धारको प्रयास भइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।