६ वटा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालस्थित कार्यालय एमसिए घेराउ गरेका छन् ।
?घेराउमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव समूह), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपाजस्ता दलका नेता तथा कार्यकर्ता संलग्न थिए ।
प्रज्ञा प्रतिस्थान कमलादी नजिकै बाट र्याली अरेको उक्त सामुहिक एमसीसी कार्यदलले एमसिएको कार्यालय नजिकै पुगेर कोणसभा गरेको थियो ।
घेराउपछि आयोजित कोणसभामा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसिसी जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए ।
६ कम्युनिस्ट पार्टी यतिबेला एमसिसीविरुद्धको चरणबद्ध आन्दोलनमा छ ।सोहीअनुसार मंगलबार संसद् भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।
६ कम्युनिस्ट पार्टीका नेताहरूले एमसिसी सम्झौता हिन्द–प्रशान्त सैन्य रणनीतिअन्तर्गत आएकाले सो राष्ट्रघाती भएको र यो नेपालमा ल्याउनै नहुने माग आफूहरूको रहेको बताए ।
घेराउ कार्यक्रममा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला, मालेका दिननाथ घिमिरे, हस्त केसी जागृत रायमाझी लगायतको सहभागी थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता जागृत रायमाझीले अमेरिकाले सहयोगको नाममा नेपालको जलस्रोत र प्राकृति सम्पदा माथी आखा गाडेकोले सबै मिलि यसको प्रतिकार गर्नुपर्ने बताएका हुन् साथै एमसीसी लागु भएको खण्डमा नेपाल अमेरिकाको गुलाम हुने भन्दै देशव्यापी रूपमा आन्दोलन गर्दै एमसीसी विरुद्ध लागी पर्न समेत रायमाझीले आग्रह गरेका हुन।