मंसिर २८ :गुल्मी जील्लामै पहिलो पटक अक्सिजन प्लान्ट एक करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भएको अस्पतालका प्रमुख डा.उत्तम पाच्यले जानकारी दिए।
प्लान्टबाट दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ। कोभिडको संक्रमण उच्च हुँदै जाँदा अक्सिजन अभावको कारण बिरामीको मृत्यु हुन थालेपछि २०७८ बैशाख अन्तिम सातादेखि नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट अभियान’ सञ्चालन गरेको थियो।
उक्त अभियानबाट संकलित ६० लाख रुपैयाँ महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो। यस्तै, नेपाल सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको डा.पाच्यले जानकारी दिए।
प्लान्ट फेयर टे«ड काठमाडौंले निर्माण गरेको हो। प्लान्ट व्यवस्थापनका लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग बाणिज्य संघले निर्माण गरेको छ।
साउनमै प्लान्टका लागि आवश्यक सामग्री खरिद भए पनि लामो वर्षात, पूर्वाधार निर्माण नहुँदा र चाडपर्वको कारण समयमै सञ्चालन गर्न नसकिएको पच्याको भनाइ छ।
जील्लामै अक्सिजन उत्पादन मेसिन जडान भएसंगै बिरामीलाई आगामी दिनमा सेवा दिन सहज हुने र गुल्मी लगाय आसपासका छिमेकी जिल्लाहरुलाई समेत टेवा पुग्ने अस्पाताल प्रशासनले जानकारि दिएको छ ।