मंसिर २८ः अमेरिकी आर्थिक सहयोगको रुपमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पेरेसन (एमसिसि) को विरोधमा संघीय संसदको चारै तिर विरोध प्रदर्शन भएको छ ।
चरणबद्ध रुपमा भएको आन्दोलनमा प्रहरिसंगको दोहोरो झडपमा दर्जनौ राजनितीक दलका कार्यकर्ता घाईते भएका छन ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी ) नेकपा (मसाल) नेकपा, नेकपा (माले) वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल , राष्ट्र्रिय जनमोर्चा, नेपाल देशभक्त जनतान्त्रिक मोर्चा नेपालको संयुक्त आयोजनामा रहेको एमसिसी विरोध कार्याक्रममा प्रहरी र प्रर्दशनकारी विच दोहोरो झडप हुदा दजनौ घाईते भएका छन ।
प्रहरीको बर्बरता रहेको भन्दै प्रर्दशनकारी थप आक्रोसित भएका छन , एमसिसी विरुद्ध शशक्त प्रर्दशन गरेका विभिन्न राजनितीक दलका दर्जनौ कार्यकर्तालाई प्रहरिले गिरफ्टार गरेको छ ।
संघिय संसद अगाडि कडा सुरक्षा व्यवस्था भएतापनी प्रर्दशनकारील ढुङ्गामुदा गरेको हुन , प्रहरी र प्रर्शनकारी विचको दोहोरो झडपमा केहि नेता तथा कार्यकर्ता घाईते भएका छन् ।
एमसिसी परियोजना आज संसदबाट अनुमोदन हुने सुचना बाहिरिए संगै बिभिन्न राजनितीक दलले नेपालका विभिन्न शहरमा एमसिसी विरुद्ध विरोध कार्यक्रम गर्दै आएका छन ।
फोटो फिचर सहित