जनकपुरमा सहरी विकास मन्त्री झाक्रीँ द्धारा खोप भण्डारण गृह उद्घाटन र प्रयोगशाला भवन शिलान्यास

मंसिर २९, जनकपुरधामः सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा खोप भण्डारण गृहको उद्घाटन गरेकी छिन्।

खोप भण्डारण गृह उद्घानसँगै उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मेडिकल स्टोर भवनको पनि शिलान्यास गरेकी छन्।जनकपुरधामस्थित मुजेलीयामा सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले ती भवन निर्माण गर्न लागेको हो।

कोरोना विरुद्धको खोप भण्डारण गृह निर्माणका लागि ७७ लाख ३४ हजार ७५ रुपैया भ्याट सहित ज्ञान ज्योति विल्डर्स प्रा लि कोटेश्वर, काठमाडोंले निर्माण कार्य सम्पन्न गरेको छ।

त्यस्तै प्रदेश मेडिकल स्टोर निर्माण कार्यका लागि चार करोड ४२ लाख २९ हजार ६ सय ४३ रुपैयाँ भ्याट सहितको लागतमा नागार्जुन हेम सावित्रीले निर्माण गर्ने ठेक्का पाएको छ । सो भवनको निर्माण कार्य २०८० वैशाख ८ गतेमा सम्पन्न गर्नु पर्ने सम्झौता भएको छ ।

त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि ७ करोड २७ लाख ३ हजार ९ सय २६ रुपैयाँ भ्याट सहित बानिया / सुगम जे भी जनकपुरले ठेक्का पाएको संघीय आयोजना कार्यान्वयन इकाई, जनकपुरधामले जनाएको छ ।

सो भवनको निर्माण कार्य २०८० वैशाख ९ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता भएको छ ।