काठमाडौं २९ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
ट्विटरमार्फत सफल कार्यकालको शुभकामना दिँदै भट्टराईले देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् भन्दै उनले ट्वीटरमा लेखेका छन्–‘नेपाली कांग्रेसको १४ औं महाधिवेसनबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएकोमा प्रम शेरबहादुर देउवालाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना ।
उहॉको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्, अग्रगमनकारी शक्तिबीच एकता होस्, थप शुभेच्छा ।
प्रधानमन्त्री देउवा कांग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक निर्वाचन हुँदा पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् । सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको थियो ।
स्थिर सरकार नहुनुबारे बाबुराम भन्छन् संविधान नै आधा गिलास खाली र आधा भरिएको जस्तो छ।