पौष १ : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सक्रिय राजनीतिमा अबको राजनीतिक यात्राबारे केही दिनपछि निर्णय गर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्री पदबाट राजीनामा दिएका उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म केही दिनपछि मेरो राजनीतिक यात्राबारे निर्णय लिनेछु ।
सक्रिय राजनीतिमा रहन पनि सक्छु, नरहन पनि सक्छु ।’
उनले प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर बिहीबार अपराह्नप्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा हारेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।