विपद् र संकटका बेला सबै राजनीतिक दल एकजुट भएर लाग्नु पर्छ:गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् र संकटका बेलासबै राजनीतिक दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्बोधन गर्ने क्रममा उनले विपद्को समयमा सरकारलाई सहयोग गर्नु कांग्रेसको परम्परा र स्वभाव नै रहेको बताए ।

सभापति थापाले घटना भएलगत्तै कांग्रेसले सरकारसँग समन्वय गरेर उद्धार तथा राहतका काममा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि बताए ।

सभापति थापाले संकटको घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको उद्धार र राहतलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावितको उद्धार र राहतका लागि खटिनु पर्ने भएकाले सानेपामा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि बताए ।