पौष २ काठमाडौँ — शुक्रबार सुनको मूल्य तोलामै १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको हो ।
दुई दिनमा सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ ।
यसअघि बुधबार तोलामा ९२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
चाँदी प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ ।