भारत हिडेका १८ जनामा कोरोना पोजेटिभ, सीमाबाटै फर्काइए नेपाली

पौष २ काठमाडौं, पछिल्लो समय कोरोना भाइरस संक्रमणको नयाँ भेरिन्ट ओमिक्रोनको संक्रमण उच्च बन्दै गइरहेको बेला छिमेकी मुलुक भारतले सीमा नाकामा कडाइ गरेको छ ।

भारतीय सीमामा गरिएको कोरोना परीक्षणमा नेपालबाट भारत गइरहेका १८ यात्रुमा संक्रमण देखिएपछि पिथौरागढस्थित चम्पावत जिल्ला प्रशासनले उनीहरुलाई पुनः नेपाल फर्काइदिएको छ ।

भारतीय संचारमाध्यमका अनुसार गत मंगलबार उनीहरु नेपाल–भारतमैत्री बसबाट भारत प्रवेश गर्दै थिए । सो क्रममा उनीहरुको कोरोना भाइरस परिक्षण गरिएको थियो। परीक्षण गरिएको मध्ये १८ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई भारत प्रवेशमा रोक लगाइको थियो ।

नेपाल–भारत मैत्री सेवा अन्तर्गत १० बटा बसहरु नेपाल–भारत आवतजावत गर्दछन् । अन्य पाँच वटा बसलाई भने दिल्ली जान दिइएको बताइएको छ । त्यसअघि पनि भारत जान लागेका ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।