पौष २ काठमाडौं, अन्ततः महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसएसपी गिरीले शुक्रबार काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यालयमा हाजिर भएका हुन् ।गिरीको गत कात्तिकमै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि शक्ति केन्द्रका कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन।
गृह मन्त्रालयले यसअघि काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गिरीलाई जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री शेरबहादुर देउवाबीच स्वार्थ बाँझिएको थियो । जसका कारण गिरी लामो समयसम्म कार्यालयमा हाजिर हुन सकेका थिएनन्।
२०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका सिंहलाई भने भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।सरुवा गरिएको करिब एक महिनापछि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख फेरिएका छन। केन्द्रिय अनुसन्धान ब्यूरो९सिआइबी०मा कार्यरत एसएसपी सुदीप गिरीले सरुवा भएको एक महिनापछि परिसरको कमान्ड सम्हालेका हुन्।
प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरेको हो। यसअघि परिसरको प्रमुख रहेका एसएसपी अशोक सिंहको भने भैरहवा विमानस्थलमा रहेको सुरुक्षा कार्यलयमा सरुवा भएको छ। शुक्रबारबाट परिसरको कार्यलयमा हाजिर भएका एसएसपी गिरी आजै प्रमुख जिल्ला अधिकारीसँगको बैठकमा सहभागी भएका छन्।