पौष २ , हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ति घोषणा भएका छन् ।
जिल्लामा रहेको एक मात्र छायानाथ रारा नगरपालिकाअन्तर्गत देउवाडा नाउर, झापागाडा र चैन बस्तीमा पहिलो पटक सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएको हो ।
यी बस्तिहरूमा केही महिना अगाडि एक घर एक धारो निर्माण भएपश्चात् पानीमा शुद्धताको परीक्षण गरी जिल्लामा रहेको सरोकारवाला निकाय स्थानीय तह, अनुगमनपश्चात् बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सो बस्तिहरूमा सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेको छ ।
युनिसेफ नेपाल, छाया नेपालको आर्थिक सहयोग , स्थानीय संस्था, हिमाली ग्रामिण युवा समाज विकास केन्द्र मुगुको सहजिकरणमा एक घर एक धारो निर्माण भई सुरक्षित खानेपानी सुलभ सरसफाइ सेवाको बिस्तार नगरबासिको स्वास्थ्य र जिवन स्तरमा दीर्घकालीन सुधार भन्ने मूल नाराका साथ चारवटा बस्तिका ९५ घरधुरीका ५ सय २७ जना जनसंख्या समुदायभित्रका विद्यालय स्वास्थ्य संस्थामा खानेपानीको पहुँच पुगि सरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हिरिसडेक मुगुले जनाएको छ ।
विगतका वर्षहरूमा यहाका स्थानीयलाई खानेपानी खान घण्टौंको बाटौ पैदल गरेर खोला र नाउलाको पानी उपभोग गर्न बाध्य रहेका थिए । स्थानीय सरकार सञ्चालन भएको करिब ५ वर्ष पुग्न लागि सक्दा पनि गाउका सिंहदरवारले हामीहरूको खानेपानीको प्यास मेटाउन सकेनन् । जिल्लामा रहेको एक संस्थाले एक घर एक धारोको कार्यक्रमको थालनी गरे पछि घर आँगनमै पानी चुहिन थालेपछि पछिल्लो समय सफा सुग्गर स्वच्छता पानी उपभोग गरिरहेको छायानाथ रारा नगरपालिका–५ का स्थानीय गणेश रावलले बताए ।
बिहीबार गरिएको सुरक्षित खानेपानी घोषणा कार्यक्रममा उपस्थिति प्रमुख अतिथि विशेष अतिथिलगायत अन्य नागरिकहरूले काँसोका एक एक लोटामा पानी खाई सुरक्षित पानी उपभोग गर्यौ भनेर घोषणा पत्रमा हस्ताक्षर गरी सुरक्षित खानेपानीको घोषणा गरिएको हो ।
घरघरमा स्वच्छ खानेपानीका धारा बाट पानी खान पाउँदा निकै हर्षित भएका छौं । विशेष गरेर हामि महिलाहरूले महिनावरी भएको समयमा वा अन्य घरायसी समयमा पानीको जोहो गर्न हाहाकार बेर्नु परेको थियो ।
खोला नाउला र दिशा पिसाव भएको पानी खाई आएका थियौ , अब आगनमै पानीको धारा आउन थाले पछि ती पीडाका दिन हटेको छायानाथ रारा नगरपालिका–५ का नाउर बस्ने अर्को स्थानीय झुपा विकले बताइन् ।
नगरपाकिका–१४ वडाका विभिन्न बस्तीहरूमध्ये सबैभन्दा बढि खानेपानीको समस्या भएको हुदा छाँया नेपाल युनिसेफ नेपाल र हिरिसडेक मुगुको पहलमा एक घर एक धारो निर्माण गरियो निर्माण गरिएको एक वर्षसम्म नियमित खानेपानी सञ्चालनमा आए पछि ३ पटकसम्म खानेपानीको परिक्षण गर्दा सुरक्षित रहेको र परिक्षण पश्चात खानेपानी उपभोग गर्न लायक गर्न मिलेको, नगरपालिकाबाट सिफारिस गर्न अनुमति पाएको हुदा यि बस्तिहरूमा सुरक्षित खानेपानी युक्त गाउ घोषणा गरिएको छाँया नेपाल मुगुका जिल्ला संयोजक मिन बहादुर रावलले बताए ।
आगामी दिनहरूमा प्रत्येक घरमा रहेका शुद्ध खानेपानीका धाराहरू लाई दीर्घकालीन रुपमा प्रयोग गर्न छायानाथ रारा नगरपालिकाका उपमेयर सुन्तला रोकायाले सुझाव दिनु भएको छ ।