काठमाडौं । रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ, कुमारी बैंकले ३ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड, नेपाल बैंकले ३ करोड १ लाख, निफ्रा बैंकले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख, सारस बेभरेज (रेडबुल)ले २ करोड र एनसेलले १ करोड रुपैयाँ सहयोग गरेका छन्। अन्य संस्थाले पनि राहत कोषमा रकम प्रदान गरेका छन्।
यो रकम बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण सहयोग हुने देखिन्छ।


















