पौस ११ : पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६७७ जनामा कोरोना परीक्षण गर्दा २१९ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, पछिल्लो समय थप २८३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ४९०६ जना रहेका छन् ।