पौस १४ : यतिबेला देशभरका अधिकाशं ठाँउमा पानी झरि सहित हिमपात भएको छ ।
चन्द्रागिरी आसपास देखि बागलुङका उच्च पहाडी क्षेत्र सम्म हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रबाहेकका क्षेत्रमा यस वर्ष पहिलो हिमपात भएको हो ।
मङ्गलबार साँझदेखि वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । जैमिनी नगरपालिका–३ गाजाको दह क्षेत्रमा हिमपात भएको स्थानीय शिक्षक अगन्धर सापकोटाले जानकारी दिनुभयो ।
मङ्गलबार साँझदेखिनै सो क्षेत्रमा हिमपात भएको थियो । ढोरपाटन क्षेत्र, घुम्टेको धुरी र आसपासका क्षेत्रमा हिमपात भएको छ । साथै ताराखोलाका विभिन्न पहाड, काठेखोला गाउँपालिकाको घोडाबाँधे र जैमिनी नगरपालिकाको हाँडीकोटमा हिमपात भएको छ ।
हिमपात र वर्षाका कारण बिशेषगरी विद्यालय जाने बालबालिका, पशुचरन गर्ने गोठाला तथा दैनिक दिनचार्यमा रहेका मानिसमा यसको असर परेको छ ।हिमपात भएका क्षेत्रमा युवायुवतीले भने रमाइरहेका छन् ।
वर्षा र हिमपातले हिउँदे बाली गहुँ र जौ बालीलाई भने निकै राम्रो भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । हिमपात र वर्षाका कारण सबैभन्दा धेरै ज्येष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन् । उच्च पहाडी क्षेत्रका विद्यालयसमेत प्रभावित भएका छन् ।