सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् ।
एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ । उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।
पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताउनुभयो । उहाँका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।