मुद्दति निक्षेपमा २८ करोड लगानी गर्दै राष्ट्र बैंक

पौस १५:  नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम एक वर्षका लागि मुद्दति निक्षेपको रुपमा लगानी गर्ने भएको छ ।

बैंकले ‘क’ वर्ग वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २८ करोड ६ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कूल २८ करोड ६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंकले उक्त रकम २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ । बोलपत्र पुस १८ गतेसम्ममा पेश गनुपर्नेछ