एमसीसी पास गराएरै छाड्ने गृहमन्त्री खाँणको दाबी

पौस १६ः गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसदबाट पास गर्ने दाबी गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खाँणले एमसीसी सम्झौता
नेपाल सरकारकै प्रस्तावित परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको बताए ।

एमसीसी कुनै सैन्य परियोजना नभएको र बिल्कुल नेपालको भौतिक विकासका लागि भएको मन्त्री खाँणको जिकिर छ । एमसीसीले नेपालको जलविद्युत ट्रान्समिसन र सडक विस्तारका लागि काम गर्ने खाँणको भनाइ छ।

एमसीसी अनुदानको रकम भएका भएको र फिर्ता पनि गर्नु नपर्ने भएकाले नेपालीहरुले उक्त सम्झौता पारित गरेर अमेरिकी अनुदानको सदुपयोग गर्नु पर्ने उनको भनाइ छ।

फरक प्रसंगमा गृहमन्त्री खाँणले पोखरा र लेकसाइड क्षेत्र २४ सैं घन्टा खुला गर्न आवस्यक तयारी गर्नुपर्ने बताए । साथै उनले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने दाबी समेत गरे ।