पौस १८: पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परि करिब ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताउनुभयो ।
बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना भएपछि ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरी चौकी हार्थोकले जनाएको छ। बसमा ३५ जना मलामी सवार थिए ।
बिहान करिब १०ः ३० बजे भएको दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ भने दर्जनौ घाईते भएका छन ,
दुर्घटनाको कारण भने खुल्न सकेको छैन , हाल दुर्घटनामा परि घाईते भएका हरुको प्रहरी र स्थानीयवासी लागेर उद्धार गरिरहेका छन् ।
बस दुर्घटनामा परि ज्यान गुमाउने सात जना मध्ये कसैको पनि सनाखत नभई सकेको कारण घटना विवरणबारे केहि भन्न सक्ने अवस्था नरहेको प्रहरिले जनाएको छ ।
घटना अनुसन्धान चरणमा गैसकेको हुदा केहीँ समय पछाडि सबै जानकारि दिन सकिने प्रहरी प्रशासनको भनाइ छ ।