सिके राउतका कार्यकर्तामाथि प्रहरीको गोली , पाँच घाइते अवस्था गम्भिर

पौस १८ : जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीको विचमा झडप भएपछि प्रहरिले प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर जनमत पार्टीका नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह घाइते भएका छन् ।

पहरीको गोलीबाट उल्लेखित पाचँ जना गम्भीर घाईते भएका छन । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।

गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ ।

टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।