पौस १८: दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आइतबार बिहान आगलागी भएको छ।
आगो नियन्त्रण बाहिर छ र भवनको भित्ताहरु चर्किएको जानकारी आएको छ, सहरको आपत्कालीन सेवाका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएका छन् ।
आगलागी भवनको तेस्रो तल्लामा रहेको कार्यालयबाट लाग्न सुरु भएको र भवनमा फैलिएको हो । संसद् भवनमा तीन वटा सेक्सन रहेका छन् । सबैभन्दा पुरानो भवनमा सन् १८८४ मा निर्माण भएको थियो । नयाँ सेक्सनको भवन ८० को दशकमा निर्माण भएको हो
सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले जनाएअनुसार राष्ट्रिय सभा भवनमा आगो लागेको थियो र आगो छतमा फैलिएको थियो । उक्त दुर्घटनाम हालसम्म कुनै हताहतको खबर आएको छैन।
आगो नियन्त्रणमा आउन सकेको छैन र भवनका केही पर्खालहरूमा चर्किएको पुष्टि भएको छ, स्मिथले भने।दक्षिण अफ्रिकामा राज्यका तीन अंगका राजधानी फरक फरक ठाउँमा छन् । कार्यापालिका प्रिटोरिया, व्यवस्थापिकाको केप टाउन र न्यायपालिको ब्लामफोन्टेनमा रहेको छ । तर सबैभन्दा ठूलो शहर भने जोहानेसबर्ग हो ।
घटनास्थलमा रहेका ३६ फायर फाइटरहरूले आगो निभाउँन प्रयास गरिरहेका छन् ।
आगो नियन्त्रणका लागि दर्जनौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । के कारणले आगलागी भनेर स्पष्ट हुन सकेको छैन । सांसद नजिक शान्ति नोबेल पुरस्कार विजेता डेसमन्ड टुटुलाई अन्त्येष्टी गरेको केही घण्टापछि आगालागी सुरु भएको हो ।