सुनचाँदीको मूल्यमा सामान्य गिरावट

पौस १९ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ६०० सय रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुन आइतबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।