३०.७५ अंकले घट्यो सेयर बजार, साढे ४ अर्ब बढीको कारोबार

साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३०.७५ अंकले घटेको हो । बुधवार बजार परिसुचक २६४९.२० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार १।१५ प्रतिशतले घटेको हो ।

उक्त दिन ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ । आज जलविद्युत समूह १४.०७ अंक र फाइनान्स समूह २.११ अंकले वृद्धि भएको हो । यी बाहेक सबै समूहरु राताम्मे बनेका छन् ।

उक्त दिन शिव्म सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ७२ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।