पौष ३० : तराई र देशका पहाडि भू-भागमा बाक्लो हुस्सु लाग्दा चिसो बढेर जनजिवन थप कस्टकर बनेको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हुस्सु लागे संगै चिसो बढेको कारण बालबालिका र बृद्धहरुको दैनिकीमा समस्या आएको हो ।