माघ २ : पछिल्लो समय नारायणहिटी प्रकरण बाहिरिए संगै प्रकरणले एक माथी अर्को गर्दै ठुलो रुप लिन थालेको छ ।
नारायणहिटी प्रकरणमा मुछिएका पूर्व पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराई र बर्तमान संस्कृति तथा पर्यटनमन्त्री प्रेम आले बिच आरोप प्रत्यारोपले बतास समुह संगको सम्झौता प्रकरण झन तातिदै गएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गर्ने भएका छन् ।
मन्त्री आले आज बिहान ११ बजे पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न जाने लागेको उनको सचिवालयले जनाएको छ ।
पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।
यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।