थप ४९६१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २५ हजार काट्यो

माघ २ :  पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।

सरकारले जनस्वाथ्यको मापदण्ड अपनाउन र खोप लगाउन निर्देशन दिएको छ ।

तर खोप केन्द्रहरु व्यवस्थित छैनन् ।

त्यसैले उहि अनुपातमा कोरोना बढ्ने तर बेलैमा सरकाले कोरोना कम गर्न कदम नचाल्ने हो भने भयावह अवस्था नआउला भन्न सकिन्न ।