माघ ३: निरा छन्त्याल भन्दा बित्तिकै लोक संगीत प्रेमीको स्मरणमा आउने पहिलो सम्झना हो लाभई दोहोरी गायीका निरा छन्त्याल ।
तर निरा छन्त्यालको परिचय भने अब यत्तिमै सिमित भएन, सानै देखि लोक संगीत प्रति गहिरो झुकाव राख्ने निरालाई संगीतले लखेटि रहह्यो ।
निरा सानै छदा देखि गाउने कुरामा अगाडि थिईन, तालमेल मिलोस नमिलोस बास उनलाई गाउन चाहीँ पथ्र्यो नै , मेलापात गर्दा होस् वा वनजंगल गर्दा निराको मुख चुप बस्न कहिल्यै मानेनन् उनलाई गुनगुनाई रहनुपथ्र्यो त्यो गीत होस वा कतिवा गजल नै ।
उमेर बढे संगै सपनाका आकार पनि बढ्दै जादो रहेछ, निराको लागी हिजो निकै ठुलो लागेको गाँउ घर स्कुल,गाउले सबै साघुरो लाग्न थाल्यो । चन्चले स्वभावकी निराको सिकाईको गुरु स्थानीय रेडियो र गाउँघरका आमा छामा थिए , आफू संग गाउने प्रतिभा भएतापनी यस्को उपयुक्त ठाँउ कहाँ हुन सक्छ भन्नेमा आफु नै अल्मिल परिरहेको बेला निराले शहर पस्ने कठोर निर्णय गरिन ।
गाँउ ठाँउमा अझै पनि महिलाहरुले घर छोड्नु भनेको बिग्रनु हो भन्ने मान्यता कायम छ , सपनाको पोका पन्टुरो बोकेर शहर हानीएकी निरा लाई पनि यस्ता प्रश्न नउठेको होईनन् तैपनी निरालाई आम मान्छेको प्रश्न भन्दा आफ्नो सपना ठुलो हो भन्ने सधै लागी रह्यो ।
बाग्लुङ्गको सिसाखानी देखि देशको राजधानी काठमाडौंको सम्मको यात्रा त्यतिविधि सामान्य चाहीँ थिएन, काठमाडौं आएपछि पनी पटकपटक को अभाव संग सामना गरेकी छिन् निराले , कहिलेकाही त सपनाहरुलाई यतै कतै तिलाञ्नली दिउ भन्ने पनि नलागेको होईन फेरि उनी आफ्नो सपना सम्झन्थिन र आफुलाई सम्हालेको अनुभव सुनाउछन् ।
सपनाको उडान भर्न काठमाडौं आएकी निराको संगीतले ओतप्रोट मन बिसाउने माध्यम बन्यो लाईभ दोहोरी ।
लाईभ दोहोरी गाउन पाउनु मात्रै पनि एउटा सफलता प्राप्त गरेको लागी रह्यो निरालाई , पहिलो पटक आफ्नो लाईभ दोहोरी गायको दिन आफैले गाएका गीतहरुको भिडियो दोहोर्याई तेह्राई हेरेको दिन उनी अझैपनि सम्झिरहन्छन, निरालाई सुरु सुरुमा मेरो सपना पुरा भयो भन्ने त लाग्यो तर सन्तुष्टि भने पुगेन , उसो त उनलाई लाइभ दोहोरि ले मात्रै पुग्दैन अब भन्ने लागी रह्यो ।
ओझेको निरा अब परिचित निरा भईन, उनलाई मान्छेहरुले याद गर्न थाले, कलाकारितामा एउटा नाम निराको पनि छ है भन्ने आम मान्छेलाई बुझाउन सुनाउन पाएकोमा आफू हर्षित भईन् , लाईभ दोहोरि संग संगै उनले केहि गीतहरुमा आवाज भरिन केही गीत आफ्नै गरिन , उनका चुपचापका संघर्षले आज आफ्नो परिचय हो हल्ला गरेर मच्चाउदै दिएको खुशीले निरा आनन्दित छन् । हिजो केहि कलाकारको गायीकी मन परेन कलाकार बन्ने सपना चुलाइकी निरा अब स्वयं कलाकार भएकी भन्ने सम्झन्छन ।
सिसाखानीको प्रतिनिधित्वो गरेको निरा नामले आज सिगों बाग्लुङ्ग जिल्लाकै प्रतिनिधित्वो गर्ने स्थानमा पुगेकोमा आफू हर्षित भएको निराको भनाई छ , निरा अब आफ्नो सपना साकार पार्नको निमिक्त कलाकारितामा आएको मात्रै सम्झदैनन् आफुले सिगों जन्मथलोको , सिङ्गो जिल्लाको र सिङ्गो समुदायकै जिम्मेवारि सम्झेर अगाडि बढेको बताएकि छिन ।
कलाकारिता क्षेत्रमा औलामा गर्ने छन्त्याल समुदायको उपस्थिती छ त्यसमा पनि महिलाको सहभागीता एकदमै निम्न छ यहि जालो पन्छ्याउन समेत आफु कलाकारितामा थप शशक्त भएर लागी पर्ने निराको भनाई छ ।
कलाकारिताले तपाई लाई दिएको परिचय के हो ? भन्ने हाम्रो प्रश्नमा निरा मुस्कुराउदै भन्छिन केहि मान्छेले म प्रति हेर्ने दृष्टिकोण हो , म निरा छन्त्याल मात्रै रहदा सामान्यतया गर्ने ब्यबहारमा काही न काही दुरब्यबहार हुन्थ्यो, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा म माथी बोलीचालीमै समेत दुरब्यबहार गरिन्थ्यो मेरो कलाकारिताले त्यो उहाँहरुको घमण्ड आफै पाखा लगाई दियो , हिजो म प्रति हेपाहा नजर लगाउने र दुरब्यवहार गर्न ईच्छुक देखिनेहरु अहिले सम्मान गर्छन यहि हो मेरो कलाकारिताले दिएको ठुलो उपहार र पुरस्कार ।
निराका हाल सम्म दर्जन नजिक गीत बजारमा आएका छन भने सयौ लाईभ दोहोरी गाईसकेकी छिन, १ दिन अगाडि मात्रै निराको अग्रज कलाकार बिष्णु खत्री संगको सहकार्यमा नया पन्चेबाजा गीत फूल केशरी सार्वजनिक भएको छ । आफ्नै यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेको उक्त पन्चेबाजा गीतमा अग्रज कलाकार बिष्णु खत्रीको शब्द, संगीत रहेको छ भने जीवन साहानी , सलिना नेपाली स्वयम् निरा छन्त्याल लगायतको अभिनय देख्न सकिन्छ ।
गीत सहित हेनुहोस्
https://www.youtube.com/watch?v=XjZ6seCs31c