आज ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने भए

माघ ५ : वैदेशिक रोजगार अन्तर्गत इजरायलका लागि ९९ जना नेपाली कामदार आज त्यसतर्फ उड्ने भएका छन् ।

उनीहरु आज राति ११ बजे इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भूसालका अनुसार आज पहिलो चरणको उडान अन्तर्गत ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल उड्नेछन् ।

इजरायल जाने कामदारका लागि यो पहिलो उडान हो । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिक अर्थात् माघ १५ र १६ गतेका दिन दुई उडान हुने पनि भुसालले बताए।

जसमा दोस्रो चरणअन्तर्गत एक सय ६२ जना इजरायल उड्नेछन् ।  नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको २५ औँ हप्तामा नेपाली कामदारलाई इजरायल पठाउने टुङ्गो लागेको हो ।