काठमाडौं ।दलित समुदायको समग्र सम्न्नतिका लागि शिक्षा अनेकौं प्रकारका परोपकारी कार्य,दलित तथा सीमान्तकृत समुदायको अधिकार, शिक्षा तथा सामाजिक न्यायको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका सामाजिक अभियन्ता मनोज राम लाई संस्थाबाट गरिएको योगदानलाईं कदर एबं सम्मानगदै “रण अम्बिका शाह सेबा गुठी नेपाल”को तर्फबाट रु.५० हजार पचास हजार राशि सहित”रण अम्बिका शाह सेवा सहयोग “प्रदान गरिने छ।
आज मिति २०८३/०२/१७ गते काठमाडौमा रण- अम्बिका शाह सेवा गुठी – नेपालको तेस्रो वार्षिक कार्यक्रम एवं रण-अम्बिका सेवा पुरस्कार तथा सेवा सहयोग समर्पण समारोह कार्यक्रमको अध्यक्षता डा. चिन्तामनि नाथ योगी, प्रमुख अतिथि पुर्व राजदूत प्रा. डाक्टर जयराज आचार्य ज्यु तथा गूठीको संचालक समिति सचिव , कोषाध्यक्ष तथा सदस्यहरुको उपस्थित थियो ।
रण अम्बिका सेवा पुरस्कार -२०८३ को प्रमुख अतिथि पुर्व
राजदूत प्रा. डाक्टर जयराज आचार्य ज्यको साथ बाट “रण अम्बिका शाह सेबा गुठी नेपाल”को तर्फबाट रु.५० हजार पचास हजार राशि सहित”रण अम्बिका शाह सेवा सहयोग “प्रदान गरिने छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा गुठीले उहाँलाई दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्दै सम्मान गरेको हो। कार्यक्रममा बोल्दै गुठीका प्रतिनिधिहरूले समाजमा पछाडि पारिएका दलित तथा सीमान्तकृत बालबालिकाको शिक्षा, सचेतना, मानव अधिकार तथा सामाजिक रूपान्तरणका क्षेत्रमा मनोज रामले खेलेको भूमिका प्रेरणादायी रहेको बताएका थिए।
मनोज रामले विशेषगरी दलित तथा विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन सामुदायिक निःशुल्क ट्युसन कक्षा, सिकाइ सुधार केन्द्र, शैक्षिक सामग्री वितरण, छात्र–छात्रामा जागरण तथा समुदायमा सचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँले ग्रामीण क्षेत्रमा रहेका बालबालिकालाई विद्यालयसम्म पहुँच पुर्याउन तथा शिक्षाबाट वञ्चित हुन नदिन विभिन्न अभियान सञ्चालन गर्दै आउनुभएको छ।
त्यसैगरी, उहाँले मानव अधिकार, सामाजिक न्याय, विभेद अन्त्य तथा दलित समुदायमाथि हुने अन्यायविरुद्ध आवाज उठाउँदै विभिन्न राष्ट्रिय तथा स्थानीय अभियानमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ। समुदायमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूलाई समेत संगठित गर्दै सामाजिक उत्तरदायित्व र नेतृत्व विकासमा योगदान पुर्याएको कार्यक्रममा उल्लेख गरिएको थियो।
सम्मान ग्रहणपछि बोल्दै मनोज रामले उक्त सम्मान सम्पूर्ण दलित तथा सीमान्तकृत समुदायको संघर्षको सम्मान भएको बताउनुभयो। उहाँले समाजमा अझै पनि शिक्षा, स्वास्थ्य, अवसर र मानव अधिकारको क्षेत्रमा असमानता कायम रहेको उल्लेख गर्दै सबैले मिलेर सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
“यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि होइन, समाज परिवर्तनका लागि निरन्तर संघर्ष गरिरहेका सम्पूर्ण दलित, सीमान्तकृत समुदाय, युवा तथा सहयोगीहरूको सम्मान हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी, मानव अधिकारकर्मी, युवा प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले मनोज रामले सञ्चालन गरिरहेको अभियानले समुदायमा सकारात्मक प्रभाव पारेको भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए।
गुठीले सामाजिक न्याय, मानव सेवा, शिक्षा तथा समाज रूपान्तरणमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आउने जनाएको छ। मनोज रामलाई प्रदान गरिएको यो सम्मानले दलित समुदायको अधिकार र शिक्षाका क्षेत्रमा काम गरिरहेका अभियन्ताहरूलाई थप उत्साह र प्रेरणा मिल्ने विश्वास गरिएको छ।


















