माघ ७ : आफ्नो गायकी मार्फत श्रोता, दर्शकको मन जितेकी पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी पछिल्ला केही दिनयता सामाजिक संजाल फेसबुक स्ट्याटसका कारण पनि चर्चामा आउन थालेकी छन् ।
समीक्षाले बिहीबार फेसबुकमा अर्को स्ट्याटस पोस्ट गर्दै उनले पलसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने बताएकी छन् ।
सामाजिक सञ्जालमा बिहीबार एक पोस्ट गर्दै उनले यस अगाडि २४ अक्टोबर २०२१ मा सार्वजनिक आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छन् ।
उनले लेखेकी छन् ”म लामो केही भन्दिन २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्ट्याटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउदैछ, यथार्थ खुलाउनेछु ।”
केही अगाडि समीक्षाको पल शाहसँग अन्तरंग सम्बन्ध रहेको समाचारले मिडियामा प्रथामिकता पाएको थियो । मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ लगातार बनाएपछि उनले फेसबुकमार्फत एक स्पष्टिकरणका रुपमा पल र आफूबीच कुनै सम्बन्ध नरहेको भन्दै २४ अक्टोबरमा एक पोष्ट गरेकी थिइन् । उता नायक तथा मोडल पलशाह भने यो विषयमा केही बोल्न चाहेका छैनन् ।
यस्तो थियो समिक्षाको स्ट्याटस