शिरीष देवकाेटाकाे फेवा तालैमा’ सार्वजनिक, दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया

केपि कुमार जलन

बागलुङ । गायक तथा सर्जक शिरीष देवकोटाको नयाँ गीत ‘फेवा तालैमा’ सार्वजनिक भएको छ। बिन्दाबासिनी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान आकर्षित गर्न सफल भएको छ।

गीतमा शिरीष देवकोटा, मेलिना राई र देवी घर्ती मगरको सुमधुर स्वर सुन्न सकिन्छ। शब्द तथा संगीत शिरीष देवकोटाकै रहेको गीतमा एचबीएन किस्मतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

सार्वजनिक गीतको भिडियोमा प्रभात पाल ठाकुरी र शिल्पा पोखरेलको आकर्षक अभिनय देख्न सकिन्छ। प्रेम, रोमान्स र पोखराको प्राकृतिक सौन्दर्यलाई समेटिएको भिडियोको निर्देशन राजीव समरले गरेका हुन्। भिडियोको छायांकन बिबेक बि.के., सम्पादन मिलन विश्वकर्मा तथा निर्माण श्रीद प्रोडक्सनले गरेको हो।
फेवा तालको रमणीय परिवेशमा आधारित गीतको शब्द, संगीत, गायन र भिडियो प्रस्तुति दर्शकले रुचाएका छन्। सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा गीतको चर्चा बढ्दो क्रममा रहेको छ।

नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय शिरीष देवकोटाको यो नयाँ प्रस्तुति ‘फेवा तालैमा’ ले संगीतप्रेमीको मन जित्ने विश्वास गरिएको छ।