पत्रकार एलबी विश्वकर्मा मृत्युबारे सिभिल अस्पतालले गठन गर्‍यो छानविन समिति

माघ ९ : पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ ।

उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो ।

छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानविन गरिरहेको छ ।

सामाजीक संजाल र विभिन्न संचारमाध्यममा विश्वकर्माको मृत्युको खबर बारे सिभिल जवाफदेही हुनुपर्ने माग गर्दै विरोध भए संगै सिभिल अस्पताले छानबिन समिति गठन गरेरै विश्वकर्माको उपचारमा भएको लापवाही खोज्न थालेको हो ।

पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । क्रियाशील दलित पत्रकार  संघमा आवद्ध एलबीका विषयमा पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानविनका लागि माग गर्दै आएका छन ।