१७ हजार वटा नमुना परीक्षण हुँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि

माघ ९ : पछिल्लो केही हप्ता यता निरन्तर बढेको कोरोना भाईरसको संक्रमण अहिले भने केहि मात्रामा भने घट्दो क्रममा देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् । उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।