कहाँ हराए १३ प्रहरी ? के छ प्रहरी प्रधान कार्यालयले जारी गरेको सात दिने सूचनामा ?

माघ १० : नेपाल प्रहरीका १३ प्रहरी सम्पर्कविहीन भएका छन् । दुईजना प्रहरी हबल्दार र ११ जना प्रहरी जवान सम्पर्कविहीन भएका हुन् ।

कार्यालयको सम्पर्कमा नआएका प्रहरीलाई सात दिनभित्रमा सम्पर्कमा आउने प्रहरी प्रधान कार्यालय नक्शालले आग्रह गरेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै गैरहाजिरी रहेका उनीहरूलाई स्पष्टिकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

सम्पर्कमा नरहेकाहरूमा प्रहरी हबल्दारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा दरबन्दी भएका जाजरकोट नलगाड नगरपालिका–७ का दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीमा कार्यरत दार्चुलाको महाकाली नगरपालिका(१ का मंगल सिंह कुँवर छन् ।

सिंह १९ मंसिरदेखि र कुँवर ८ पुसदेखि कार्यालयको सम्पर्कमा छैनन् । त्यस्तै, प्रहरी जवान विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी र दिल दीक्षित राज के।सी। पनि सम्पर्कमा छैनन् ।

उनीहरू सबैलाई आजको मितिबाट सात दिनभित्रमा पनि सम्पर्कमा नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।