माघ १४ : कहिलेकाही हामी मानसिक तनावमा हुन्छौ, शारिरिक थकानमा हुन्छौ त्यस्तो बेला हाम्रो मस्तिष्कले के सहीँ के गलत छुट्याउन नसकेको हुन सक्छ हो त्यस्तै बेला म्यासेजरमा हुने संवादमा हामी के लेख्दै छु भन्ने हेक्का नै नराखि लेखिदिन्छौ पछि त्यहीँ कुरा अर्का मान्छेले प्रमाणको रुपमा राखेर अप्ठारो पार्न आईदिन्छन र हामीलाई पछुतो महशुस हुन्छ ।
यस्तो बेला हामी संग उपाय केही हुदैन बाकीँ हुन्छ त केवल चिन्ता र पछुतो तर अब भने हामी बाट यो समस्या दूर हुने भएको छ । म्यासेन्जरको इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचरलाई थप सुरक्षित र प्रभावकारी बनाउन मेटा (फेसबुक) ले नयाँ फिचरहरू थप गरेको छ । म्यासेन्जरमा उपलब्ध सेक्रेट कन्भर्सेसनलाई नै डिफल्ट बनाउने योजनामा रहेको कम्पनी व्यापक आलोचना पश्चात त्यसबाट पछि हटेको छ ।
यस्तोमा कम्पनीले सेक्रेट कन्भर्सेसन मै थप फिचरहरू उपलब्ध गराएको छ । यो सँगै अब म्यासेन्जरको सेक्रेट कन्भर्सेसनमा अर्थात इन्ड–टु–इन्ड इन्क्रिप्सन युक्त च्याटमा भएको कुराकानीको स्क्रिन सट कसैले लिएमा त्यसको नोटिफिकेशन अर्को प्रयोगकर्तालाई जाने भएको छ ।
त्यसैगरी कसैले यसरी कुनै संवेदनशील कुराको स्क्रिन सट लिएको छ भने तपाईंले यो कुराको रिपोर्ट पनि गर्नसक्नुहुनेछ । यो लगायत अब इन्ड–टु–इन्ड इन्क्रिप्टेड अथवा सेक्रेट कन्भर्सेसनमा गिफ, स्टिकर, रियाक्सनहरू पनि पठाउन सकिने भएको । त्यस्तै यो च्याट रुममा शेयर भएका फाइलहरू पनि सेभ गर्न सकिने छ ।