माघ २०: ३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् ।
बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
हाल उनीमाथी थप अनुसन्धान भैरहेको छ , अनुसन्धान पश्चात कानुन बमोजीम कार्वाही हुने प्रहरिको जानकारि छ ।