जुर्मुराउदै पर्यटन क्षेत्र: जनवरीमा मात्रै नेपाल भित्रिए १६ हजार पर्यटक

माघ २०: जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका छन्। सबैभन्दा बढी भारतबाट ३ हजार ९१६ जना नेपाल भित्रिएका हुन्।

त्यस्तै छिमेकी मुलुक भारत पछि दोस्रो स्थानमा रहेको अमेरिकाबाट ३ हजार २५७ अर्थात १९.३१ प्रतिशत नेपाल भित्रिएका छन्।

कोभिडअघि मासिक १ लाख बढी पर्यटक आउने गरेकोमा अझै बढ्न सकेको छैन। अघिल्लो वर्षको तुलनामा भने बढी भित्रिएका हुन् । गतवर्ष जनवरीमा ८ हजार ८७४ मात्रै भित्रिएका थिए।

क्षेत्रीय रुपमा हेर्दा सार्कबाट ३२.४१ प्रतिशत, युरोपबाट २०.७८ प्रतिशत, ओसियाना क्षेत्रबाट ७.३०, अमेरिकन्स २१.३१ प्रतिशत, सार्क बाहेकका एसिया क्षेत्रबाट ६.५६ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन्।

कोविड महामारिको विचमा पनि नेपाल प्रतिको पर्यटकको मोह रहिरनु पर्यटन क्षेत्रको सफलता रहेको विज्ञहरुको भनाई छ, साथै नेपालको खास प्रचार नपुगेको भन्दै सबैले सबैतिर बाट नेपाल र नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार अन्तराष्ट्र्यि स्तरमा गर्न विज्ञहरुले बताएका छन ।