माघ २१ः नुवाकोट लिखु, मकै डाँडामा ५२ रोपनी जग्गामा फैलिएको एउटा सुन्दर बगैचा जस्तै देखिने ठाँउ हो नमस्ते नेपाल मल्टिपर्पोज ईन्भेष्टमेन्ट कम्पनी प्रा.ली फाम हाउसको ।
सपना बुनेर भविष्य खोज्न अगाडि बढेका युवाहरुको सामुहिक प्रयासमा स्थापीत कम्पनी हो नमस्ते नेपाल मल्टिपर्पोज ईन्भेष्टमेन्ट प्रा.ली , बिश्वका विभिन्न मुलुकमा बसेर सिप र दक्षता हासिल गरेका प्रवासी र स्वदेश फर्किएका पुर्वप्रवासी नेपालीहरु बीच समन्वय गरी नेपालमै नया र फरक ढगंले कृषि क्रान्ति गर्ने सोच बोकेर नेपालीकै लगानीमा सुरु गरिएको नमस्ते नेपाल गरिवी न्यूनीकरण र रोजगारी बद्धिको लागि अघि बढ्दै आईरहेको छ ।
”आफै मालिक आफै कामदार ,ज्याला र मुनाफाको हकदार ” भन्ने उर्जाशील नारा बोकेर निरन्तर सेवामा तत्पर फाम हाउस आफ्नो लामो यात्रा बोकेर अगाडि बढेको छ । २०५५ , ५६ साल बाट काम गर्न अठोट बोकेर अगाडि बढेको यस फाम हाउसले विशेषत : मासु जन्य उत्पादन र तरकारि खेतीमा काम गर्नुको साथै पर्यटन पर्यावरणलाई समेटेर समृद्द नेपाल निर्माण गर्नमा सघाउ पुर्याउने काम गर्दै आएको कम्पिनीका अध्यक्ष रामशरण बानियाँले बताउनु भएको छ ।
स-सानो योजना बाट सुरु गरेको उक्त कम्पनीमा हाल १४ जना ब्यक्ति स्वरोजगार भएका छन् , करिव ८.५ करोड लगानीमा सुरु भएको कम्पनिले दिर्घकालीन काम गर्ने योजना बनाई रहेको अध्यक्ष बानियाँको भनाई छ । हाल उहाँले तर्की, कुखुरा, हास, कालिज बाख्रा लगायतका मासु जन्य पशुपंक्षी पाल्दै आउनुभएको छ ।
भावी दिनमा आफ्नै फार्म हाउसमा उत्पादन भएका बस्तुहरुलाई बजार ब्यबस्थापनका लागी आफ्नै नमस्ते नेपाल मार्ट स्थापना, मासुजन्य उत्पादन र स्टोरका निमिक्त कोल्ड स्टोरको स्थापना,आउटलेट पसल स्थापना, होमस्टे तथा कृषि पर्यटन होटल, रिसोर्ट मनोरञ्ज केन्द्र स्थापना लगायतका भावी योजना तय भएको उहाँको बताउनु हुन्छ ।
अर्गानिक तरकारि उत्पादन गरि स्वेदेशी पैसा निर्यात हुन बाट जोगाउदै देशको अर्थतन्त्र बलियो बनाउनमा सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष बानियाँको भनाई छ ।
स्वेदेशी बजारमा सबैभन्दा बढि खपत हुने तरकारि र मासुजन्य कुरा नेपालमै प्रयाप्त मात्रामा उत्पादन गर्न सके देशको क्रय शक्ति बृद्धि हुने र देशको आर्थिक प्रणालीमा सहयोग पुर्याउने योजना बोकेको बानीयाँले सन्दर्भटूडे संग बताए ।