माघ २३ : प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।
यसै वर्षको जनवारी महिनामा कोभिड(१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले ‘देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको’ बताएका छन्।
मोदीले मङ्गेशकरका ‘गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने’ बताउँदै उनले ‘दशकौँसम्म भारतीय चलचित्र जगजगतलाई नजिकबाट नियालेकी’ बताएका छन्।
आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा ३०,००० भन्दा बढी गीत गाएकी थिइन्। उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो।
पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन्। दिनानाथ त्यस बेला थिएटर कलाकार थिए।