अस्पतालको ट्वाइलेटभित्र भेटिएका युवकको साथबाट लागूऔषध बरामद

माघ २५: सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ नवलपुरस्थित मोडल हस्पितलको बाथरुम (ट्वाइलेट) मा अचेत अवस्थामा भेटिएका एक युवकको साथबाट लागूऔषध बरामद भएको छ।

अस्पतालको बाथरुपमा अचेत अवस्थामा लडिरहेको भन्ने जानकारी पाएपछि प्रहरी टोली अस्पताल पुगेका थियो । अस्पताल पुगेको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेक जाँच गर्दा उनको साथबाट लागूऔषध बरामद गरेको हो।

चेक जाँचका क्रममा उनको साथबाट ८ एम्पुल नोर्फीन, ९ एम्पुल लाबोरेट र ९ एम्पुल फेनार्गन बरामद गरेको सर्लाही प्रहरीका प्रवक्त माथब प्रसाद बुढाथोकीले जानकारी दिए ।

अनुसन्धानको क्रममा ती युवक जिल्लाकै बरहथवा नगरपालिका वडा नम्वर ९ बस्ने २५ वर्षीय सुमति गुरुङ रहेको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीको भनाइ छ ।