सामाजिक सञ्जाल र चोकमा उम्मेदवारी घोषणा नगर्न कांग्रेसको चेतावनी

माघ २७ः स्थानीय तहको चुनावको मिति घोषणा भएपछि पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्न थालेपछि नेपाली कांग्रेसले सचेत गराएको छ ।

कांग्रेस सन्धिखर्क नगर कार्यसमितिका सभापति बाबुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा छलफल र परामर्श विना आफूखुशी उम्मेदवार घोषणा गर्ने रगराउने कार्य पार्टी आवद्ध कसैले नगर्न अपिल गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘लोकतान्त्रिक पद्धतिमा आफ्नो चाहनाअनुसार उम्मेदवारी प्रस्तुत गर्नु अस्वाभाविक नभए पनि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरूले पालना गर्दा स्वयं र संस्थाका लागि लाभदायक हुनेछ ।

तथापी आफ्नो उम्मेदवारीको चाहनालाई नेपाली कांग्रेसको वडा कार्यसमिति तथा नगर कार्यसमिति सँग सरसल्लाह नगरी सामाजिक सञ्जाल वा चोकमा बसेर उम्मेदवारी घोषणा गर्दा र गराउँदा हाम्रो पार्टीका निष्ठावान कार्यकर्ताहरूको मनोबलमा कमी आउन गई संस्था कमजोर हुने सम्भावना रहन्छ ।