माघ २७ : ललितपुरको लेलेमा ट्याक्सीभित्र चालक मृतावस्थामा फेला परेका छन्।
बिहीबार बिहान पौने ११ बजेको समयमा बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेको भनाई छ ।
उहाँको अनुसार गोदावरी नगरपालिका–५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेर राखिएको बम्जनकै ट्याक्सीभित्र उनी मृतावस्थामा फेला परेका थिए । ट्याक्सीभित्र शव भेटिएपछि स्थानीयले गरेको खबरको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट घटनास्थलमा प्रहरी पुगेको थियो ।
प्रहरीले ट्याक्सी बाहिर विषको बट्टा भेटिएको छ भने हाल प्रहरी निरीक्षक राजेन्द्र थापाको कमाण्डमा ५ जनाको टोली खटिएर अनुसन्धान सुरु गरिएको पोखरेलले जानकारी दिए ।
मृतावस्थामा भेटिएका बम्जन आफै विष सेवन गरे वा अज्ञात समुहको कारण मृत्यु भयो भन्ने भनेर मृत्युको कारण खुलेपछि मात्रै भन्न सकिने उहाँको भनाई छ ।