फागुन १ : जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल गुड्ने भएको छ । भारतबाट खरिद गरेको लामो समय थन्किएको जनकपुर जयनगर रेल आजदेखि गुड्ने भएको हो ।
जसका लागि लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । भने लिकमा लगाइएका हाटबजार बन्द गराइएको छ । उद्घाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो ।
अहिले रेल धनुषाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । ६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिने नेपाल रेलवे कम्पनीले जनाएको छ । रेलको फागुनको दोस्रो हप्ता विधिवत् रुपमा उद्घाटन गर्ने तयारी रहेको रेलवे कम्पनीले जानकारी दिएको छ ।