जनयुद्ध दिवस: आज मधेस प्रदेशमा सार्वजनिक बिदा

फागुन १: २७औं जनयुद्ध दिवसको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

माओवादीले आज २७ औं जनयुद्ध दिवस मनाउँदैछ । तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि १० वर्ष लामो सशस्त्र जनयुद्ध गरेको थियो ।

०६२–६३ को जनआन्दोलपछि माओवादी जनयुद्ध पनि समाप्त भएको थियो ।

यही जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो ।

‘०७८ फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर बिदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

जनयुद्ध दिवस मनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मदेस प्रदेश जाने भएका छन् ।