विद्यालयको कम्प्युटर ल्याबमा आगलागी हुँदा लाखौँको क्षति

फागुन ८: सर्लाहीमा विद्यालयको कम्प्युटर ल्याबमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको बसवरिया गाउँपालिका वडा नम्वर ४ धनगढा स्थित रहेको श्री पन्चायत आदर्श माध्यमिक विद्यालयको दुई तल्ले भवनको कम्प्युटर कोटामा आगलगी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिवार साँझ स्कुलको कम्प्युटर कोठामा अचानक विद्युत सर्ट भई आगोलागी हुँदा कम्प्युटर, सिसिटिभी डिसप्ले लगायतका विद्युतिय सामाग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

आगलागीबाट २४ वटा कम्प्युटर मनिटर, एउटा सिसिटिभी डिसप्ले, ब्याट्रिको क्विनेट १, ब्याट्रिको युपियस १, राउटर १, एलइडी १ वटा गरी करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ , घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।