फागुन ९ : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धन ‘घिउ बेचुवा र तरवार बेचुवा’ जस्तो रहेको आरोप लगाएका छन् ।
अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा टेलब गरिएको भोलिपल्ट आज बिहानै सामाजिक सञ्जालमार्फत उपमहासचिव रिमालले गठबन्धविरुद्ध कडा शब्दमा आक्रोश पोखेका हुन् । उनले प्रधानमन्त्रीको दल र सभामुखको दल एमालेलाई देखाएर एक अर्कामाथि हावी हुने दाउमा रहेको समेत बताएका छन् ।
उनले क्याविनेटमा सुरक्षा टाइट गर्ने निर्णय गरेर सडकमा हिंसात्मक विरोधका लागि कार्याकर्ता उकासेको समेत आरोप लगाएका छन् । एमसीसी संसदमा टेबल भएपछि अहिले गठबन्धनमाथि विभिन्न प्रश्न उठिरहेको छ ।
सोही विषयलाई लिएर उपमहासचिव रिमालले भनेका छन्, हाउसमा दलको जानकारी बेगर(‘सिखण्डी’ खडा गरेर “बहस पनि यसैगरी, निर्णय पनि यसैगरी” हुने भन्दै कपटपूर्ण अभ्यासमा ‘गठबन्धन’ छ ।
विष्णु रिमालले यस्तो लेखेका छन् ।
‘गठबन्धन’वालाहरू
‘घीऊ बेचुवा र तरवार वेचुवा’जस्ता
प्रमको दल र सभामुखको दल दुबै
एमालेलाई देखाएर एक अर्कामाथि हावी हुने दाउमा छन्।
क्याविनेटमा सुरक्षा टाईट गर्ने निर्णय गर्ने,
सडकमा हिंसात्मक बिरोधमा कार्यकर्तालाई उकास्ने
प्रमुख प्रतिपक्षलाई बिरोधमा उत्रिन बाध्य पार्ने,
हाउसमा भने दलको जानकारी बेगर ‘सिखण्डी’ खडा गरेर
“बहस पनि यसैगरी, निर्णय पनि यसैगरी” हुने भन्दै
“चिट पनि मेरै पट पनि मेरै,
चिची पनि मलाई पापा पनि मलाई”को
कपटपूर्ण अभ्यासमा छन्