एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक एमसीसीमा मतभेद बारे छलफल

फागुन ९ : सत्ता साझेधार दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका एक नेताले जानकारी दिए । ती नेताका अनुसार पछिल्लो समय एमसीसीबारे पार्टीको भूमिकामा चर्को विवाद भएपछि सचिवालय बैठक बोलाइएको हो ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।

तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।

खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।