मन्त्रिपरिषद बैठक संसद अधिवेशन अन्त्य गर्न सिफारिस

चैत्र १ः सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आजराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।

संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले एमसीसी पारित गरेको थियो ।

त्यस्तै सोही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर, छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ । यसअघि संसद बैठक भोलि बस्ने कार्यसूची रहको थियो।